सर्वसाधरणहरुलाई यथार्थ जानकारी

Published On: Source: NRNA LEBANON

गैर आवाशिय नेपाली सघ NRNA लेवननले घरेलुु कामदार फुलमाया घिसिङलाई नेपाली पन्ध्र हजार रुपैया कान्तिपुर दैनिकका अन्तर्राष्ट्रिय सम्बादाता देवेन्द्रराज भट्टराई मार्फत सहयोग गरेको जानकारी गराउछौ । घिसिङले एक वर्ष सम्म घरेलु कामदारको रुपमा लेवननमा काम गरेको काम गरे बापत कुनै पारिश्रमीक नपाएको र घिसिङलाई कुटपिट गर्ने जस्ता अमानवीय क्रियाकलाप गरेकाले घिसिङ उक्त घर छोडी अन्यत्र भौतारीरहेकोे अवस्थामा NRNA लेवननले उदार गर्ने क्रममा कारितास लेवनन पुर्याइ सुरकक्षित राखेको र घरफिर्ती वातावरण मिलाउने क्रममा घिसिङसग कुनै कागजजावत नभएको र उनीलाई तलब नदिएको घरको फोन नम्बर समेत थाहा नभएको कारणले ट्राभल डकुमेन्ट बनाउन करिब ९ महिना कारीतास लेवननले खर्चिनु परेको थियो र हाल कारीतासले घिसिङलाई सहयोग गरि नेपाल पठाइसकेको छ र घिसिङ नेपाल पुगेको स्रोतले जानकारी गराएको छ , घिसिङको दुखलाग्दो अवस्था सुनेर लेवननका समाजसेवी जोर्ज अभुधाबीले पनि वेस्टर्न युनियन मार्फत नेपाली पन्ध्र हजार पठाइको र उक्त रकम घिसिङले प्राप्त गरिसकेको जानकारी गराउछौ । घिसिङ भन्छिन NRNA लेवननले खाना समेत लिएर आफूलाई भेट्न् आएको र आफूलाई कहिलै कसैले नलाएको गुन लायकोले NRNA लेवननलाई सधै सम्झने रहने बताइन र कुनै समस्या भए विस्वासीलो सस्था गैर आवसिय नेपाली सघ NRNA लेवननलाई सम्झन समेत सबैमा बताइन् । स्मरण रहोस् फुलमाया घिसिङको सर्लाही जिल्लामा घर रहेको र उनको अभिभावकले समेत वास्था नगरी रहेको अवस्थामा NRNA लेवननले उदार गरेको हो । धन्यवाद